Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

सोमबार, १० जेठ २०७८, १५ : ३१ मा प्रकाशित

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

साेमबार पनि नेपाली सेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ । नेप्से परिसूचकसँगसँगै यस दिन काराेबार रकमले पनि नयाँ रेकर्ड बनाएकाे छ । 

साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगी बन्द भएकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से यहाँभन्दा माथी पुगिसकेकाे छ । हिजाे आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगी नयाँ रेकर्ड बनाएकाे थियाे । नेप्सेले आज साेही विन्दुलाई ताेडी नयाँ रेकर्ड बनाएकाे हाे ।

साेमबार हालसम्मकै उच्च अर्थात् १३ अर्ब १७ कराेड ५३ लाख ५३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । गत बुधबार ११ अर्ब ९५ करोडको कारोबार भएर कारोबार रकमले रेकर्ड ब्रेक गरेको थियो । नेप्सेले आज साेही रेकर्ड ताेडेकाे हाे ।

अन्य क्षेत्र बन्द हुँदा सेयरमा ओइरिदै लगानी, दैनिक कारोबार रकम २० अर्ब पुग्नेसक्ने

यसदिन सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूकाे पहिलाे सूचीमा बरूण हाइड्राेपावर कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९५ प्रतिशतले बढेर ४ सय ४२ रूपैयाँ पुगेकाे छ । यस्तै, युनाइटेड इदी मर्दीकाे सेयरमूल्य पनि ९.८९ प्रतिशतले बढेर ५ सय ११ रूपैयाँ पुगेकाे छ ।

माउन्टेन हाइड्राे नेपाल लिमिटेडकाे सेयरमूल्य ९.८७ प्रतिशतले बढेर ३ सय ४५ रूपैयाँ पुगेकाे छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.४५ प्रतिशतले बढेर ३ सय १ रूपैयाँ पुगेकाे छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य ७.१० प्रतिशतले बढेर ५ सय ८८ रूपैयाँ पुगेकाे छ । कम्पनीकाे सेयर बढ्नुकाे कारण कम्पनीले निष्कासन गर्न लागेकाे हकप्रद हाे । कम्पनीले १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड सेबाेनबाट हिजाे (जेठ ९ गते, आइतबार)  अनुमति पाएकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा पनि यी कम्पनीका लगानीकर्ता निराश

यसैगरी, साेमबार अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ६.२५ प्रतिशतले बढेर ४ सय २५ रूपैयाँ पुगेकाे छ । आईएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.६४ प्रतिशतले बढेर एक हजार ३ सय ९८ रूपैयाँ पुगेकाे छ । 

आज छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.५७ प्रतिशतले बढेर ३ सय ८९ रूपैयाँ पुगेकाे छ । पञ्चकन्या माइ हाइड्राेपावरकाे सेयरमूल्य ४.५३ प्रतिशतले बढेर २ सय ७७ रूपैयाँ पुगेकाे छ । सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.३९ प्रतिशतले बढेर ९ सय ९८ रूपैयाँ पुगेकाे छ ।

60ab79a83d187.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको