नेपाली बजारमा यस साता पनि सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ ।
अघिल्लो साताको शुक्रबार तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ६ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो साता छापावाला सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढेको थियो ।
त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ५ सय ५० रुपैयाँले बढेर ९० हजार कायम भएको छ ।
त्यस्तै, यस साता चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस