Like us!
Follow us!
Connect us!
Watch us!

कोका–कोला र नेपाली सेनाबीच हिमाल सफाई अभियानका लागि साझेदारी

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १७ : ४८ मा प्रकाशित

कोका–कोला र नेपाली सेनाबीच हिमाल सफाई अभियानका लागि साझेदारी

कोका–कोलाको दीर्घकालिन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो । यो मल्टि स्टेक होल्डर कार्यव्रmमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कमगर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफागर्ने उद्येश्य राखेको छ।

हिमाल सफाईअभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भने, “हामी खुशी छौँ कि कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफागर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ। हाम्रो लक्ष्यभनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो। थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ।”

वि.सं. २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक “सगरमाथा हिमाल सफाई अभियान२०७६” नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए। यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने,“हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौँ । अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुनपाएकोमा हामी सम्मानित छौँ । नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्वलिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छुँ।”

यस कार्यक्रमले विभिन्न सरकारी, गैर–नाफामुलकसंस्था र निजी क्षेत्रकाकम्पनीहरुको लागिवातावरणको संरक्षणमा कामगर्ने र नेपालको प्राकृतिकगौरव र सौन्दर्य संरक्षणमा साँझाचाँसो राख्ने प्लेटफर्म स्थापना गरेको छ।

नेपालका कोका–कोलाकम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,“हाम्रो ग्लोबल “वल्र्ड विथआउट वेस्ट”लक्ष्यभनेको सन् २०३० सम्ममाहामीलेबेची सकेको हरेक बोतलरिसाइकलगर्नुहो। हामी फराकिलो सम्बोधनमाआफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ। प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियानमार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्दछौ ”।

सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा उत्पादनगर्ने सबै बोतलर क्यानहरुको बराबरी र रिसाइकलगर्ने उद्येश्यले विश्वव्यापी रुपमा वल्र्ड विथआउट वेष्टको घोषणा गरेको थियो। ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका–कोलाले धेरै रिसाइक्लिंग इनिसिएटिभहरु पहलगरिसकेको छ। आगामी दशकमा नगरमित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाईकलका विभिन्न परियोजनाहरु मार्फत “वल्र्ड विथआउट वेष्ट”का उद्येश्यहरु प्राप्तगर्न कार्यहरु सञ्चालन हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको