Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका सञ्चालक समिति अध्यक्षद्वारा पदभार ग्रहण

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १६ : १२ मा प्रकाशित

प्रभु बैंकका सञ्चालक समिति अध्यक्षद्वारा पदभार ग्रहण

प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्  । सिटौलाले आज (सोमबार) पद तथा गोपनियताको सपथ लिएका हुन् ।

 बैंकको आज बसेको सञ्चालक समितिको बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई  बैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको