Like us!
Follow us!
Connect us!
Watch us!

हस्ताक्षरबिहीन भन्दै सेबोनको प्रेस विज्ञप्ति च्यातियो, लगानीकर्ताको असन्तुष्टि

अर्थ संसार

आइतबार, २६ असोज २०८२, २१ : ५४ मा प्रकाशित

हस्ताक्षरबिहीन भन्दै सेबोनको प्रेस विज्ञप्ति च्यातियो, लगानीकर्ताको असन्तुष्टि

धितोपत्र बोर्ड (सेबोन) ले आइतबार साँझ लगानीकर्ताले उठाएका मागका सम्बन्धमा पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ । तर, उक्त प्रेस विज्ञप्ति बिना हस्ताक्षर जारी गरिएको भन्दै लगानीकर्ताले तीव्र असन्तुष्टि जनाएका छन् ।

बोर्डले सार्वजनिक गरेको विज्ञप्तिमा पुँजी बजार सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार तीन महिनाभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, लगानीकर्ताले विज्ञप्तिलाई औपचारिक र जिम्मेवार प्रतिक्रिया ठान्न अस्वीकार गर्दै बोर्ड परिसरमै विज्ञप्ति च्यातिदिएका छन् ।

लगानीकर्ताहरुले भनेका छन्, “हस्ताक्षरबिहीन प्रेस विज्ञप्तिले बोर्डको गम्भीरता प्रष्ट देखाउँछ। यो जिम्मेवार निकायको जवाफ होइन।” उनीहरुले तत्काल ठोस निर्णय र लिखित प्रतिबद्धता माग्दै आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।

यसअघि लगानीकर्ताहरुले ११ बुँदे मागसहित बोर्ड कार्यालय घेराउ गर्दै सेयर बजार सुधारका माग राखेका थिए । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।

सेबोनको विज्ञप्तिले आन्दोलनमा कुनै प्रभाव नपारेको र लगानीकर्ताको असन्तुष्टि झन् बढाएको देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको