Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिकले बोलायो साधारणसभा

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, ०८ : २४ मा प्रकाशित

जनउत्थान सामुदायिकले बोलायो साधारणसभा

जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्था लिमिटेडले १० वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले बैशाख ३० गते बिहीबार होटल न्यू ईरा, बुटवल उपमहानगरपालिका वडा नम्वर ९ कालिकापथ, रुपन्देहीमा विहान ठिक ११ बजे साधारणसभा बोलाएको हो ।

सभामा संस्थाकाे माघ १९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, वैशाख २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

607e4081ec8e7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको