आज (मंगलबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेर रोकिएको छ ।
सामान्य अंकले बढेको बजारमा आज समृद्धि फाइनान्स लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ६ रुपैयाँले घटेर २ सय ३७ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: ओरियण्टल होटल्स्, छ्याङ्दी हाइड्रोपावर, हाइड्रोईलेक्डट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, राष्ट्रिय बीमा कम्पनी, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, बेष्ट फाइनान्स, मेगा बैंक नेपाल लिमिटेड संस्थापक सेयर, तारागाउँ रिजेन्सी होटल्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस