आज (मंगलबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेर रोकिएको छ ।
बढेको बजारमा आज (मंगलबार) सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नागरिक लगानी कोष रहेको छ । आज कोषको २१ कारोड ४२ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
त्यसपश्चात् सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, अरुण काबेली पावर, सिटिजन बैंक इन्टरनेशनल लिमिटेड, एनआइसी एशिया बैंक, यूनाइटेड मोदी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी र मुक्तिनाथ बैंक रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस