Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १६ : १५ मा प्रकाशित

अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आज (मंगलबार) सम्पन्न भएको हो  ।

सभाले  सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने गत आर्थिक वर्षको तेस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ  । 

यस्तै, सभाले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपालको नियुक्तिलाई अनुमोदन गरेको छ भने सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने २ संचालक नियुक्त भएका छन् ।  सर्वसाधारण समुहबाट पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भएका हुन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको