Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सद्वारा घुम्ति बीमा सेवा कार्यक्रम सञ्चालन

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १३ : ५१ मा प्रकाशित

अजोड इन्स्योरेन्सद्वारा घुम्ति बीमा सेवा कार्यक्रम सञ्चालन

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गुल्मीमा घुम्ति बीमा सेवा कार्यक्रम सञ्चालन गरेकाे छ । 

कम्पनीले जेष्ठ २८ गते गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम ८ लाख ८१ हजार ७ सय ५० रूपैयाँ संकलन गरेकाे छ ।

सो अवसरमा इश्मा गाऊँपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए र अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानव संसाेधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए । 

उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको