Like us!
Follow us!
Connect us!
Watch us!

अजाेड इन्स्याेरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रारकाे सम्झौता

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, ११ : ५८ मा प्रकाशित

अजाेड इन्स्याेरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रारकाे सम्झौता

अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धमा सम्झौता भएको छ ।

बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड  इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरिएकाे हाे । 

यससँगै कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको