Like us!
Follow us!
Connect us!
Watch us!

अजोड ईन्स्योरेन्सकाे वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम र खाद्यान्न सहयोग

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १७ : ५९ मा प्रकाशित

अजोड ईन्स्योरेन्सकाे वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम र खाद्यान्न सहयोग

अजोड ईन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २१ गते आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तिस) जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् ।

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन वृद्धा आश्रममा आश्रीत ४३ (त्रिचालिस) जना वृद्धा तथा वृद्धाहरुको लागी खाद्यान्न सहयोग कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा वृद्धा आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरे । सो कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ्ग र अतिथी वडा नंं ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

मिति २०७५।०३।२१ देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको