Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सको नाफामा उल्लेखिय बृद्धि, प्रतिसेयर आम्दानीमा आयो उछाल

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, ०८ : ४१ मा प्रकाशित

मन्जुश्री फाइनान्सको नाफामा उल्लेखिय बृद्धि, प्रतिसेयर आम्दानीमा आयो उछाल

मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार फाइनान्सको खुद नाफामा उल्लेखिय बृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ३७ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.१६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा फाइनान्सले २९ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो १.५८ प्रतिशतले घटेर २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सको सञ्चालन मुनाफामा भने ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा २६ करोड ३६ लाख रुपैयाँ रहेकोमा फाइनान्सको सञ्चालन मुनाफा चालु आर्थिक तेस्रो त्रैमाससम्ममा १०४.४७ प्रतिशतले बढेर ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ । 

फाइनान्सको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा फाइनान्सकोको प्रतिसेयर आम्दानी ३१ रुपैया ४९ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर ५१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९पिई रेसियो० ९.७२ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ९४ पैसा रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी चैत मसान्तसम्ममा ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सको जगेडा कोष बढेर ६६ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको