आज विहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मन्जुश्री फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । यो समाचार तयार पार्दासम्म फाइनान्सको १ लाख ४५ हजार ७०३ कित्ता सेयरको कारोबार भएको छ ।
हिजो बुधबार ७५० रुपैयामा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य आज ७५ रुपैयाँले बृद्धि भएर ८२५ रुपैयाँ पुगेको छ । पछिल्लो समय अगानीकर्ताहरु फाइनान्स कम्पनीहरुमा आकर्षित भएसंग्े फाइनान्स कम्पनीहरुको सेयर मूल्य निरन्तर बढिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस