Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीले ३ लाख ६६ हजार कित्ता सेयर बिक्री गर्ने, कहिलेबाट खुल्छ ?

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १३ : १० मा प्रकाशित

पाँच कम्पनीले ३ लाख ६६ हजार कित्ता सेयर बिक्री गर्ने, कहिलेबाट खुल्छ ?

पाँच वटा कम्पनीले  ३ लाख ६६ हजार ७ सय ४८ कित्ता सेयर विक्री गर्ने भएका छन् । सेयर बोलकबोल मार्फत संस्थापक सेयर र सर्वसाधारण सेयर बिक्री गर्न लागेका हुन् । निर्धन उत्थान लद्युवित्त वित्तीय संस्था, फस्र्ट माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था (ग्लोबल आईएमई बैंकको स्वामित्व ), नेशनल माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संसथा लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स (एनआईसी एशिया कबैंक लि. को स्वामित्व )  र नागरिक लगानी कोष (एनआईसी एशिया बैंक लि. को स्वामित्व) ले बोलकबोलबाट सेयर बिक्री गर्न खोजेका हन् । यी सवै कम्पनीको सेयर चैत्र र बैंशाख महिनामा बिक्री खुल्ला हुँदैछ । 

कुनको कति ? 

निर्धन उत्थान लद्युवित्त वित्तीय संस्था 

संस्थापक सेयर : १, ०८, ५४२ कित्ता 
बोलपत्र पेस गर्ने मिति :  चैत १८ गतेदेखि बैशाख २१ गतेसम्म 
बिक्री प्रन्धक : एनआईबिएल एस क्यापिटल लिमिटेड 

फस्र्ट माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था (ग्लोबल आईएमई बैंको स्वामित्व ) 

संस्थापक सेयर  ः ८१, ५०० कित्ता 
बोलपत्र पेसा गर्ने मिति : चैत २३ गतेदेखि बैंशाख २६ गतेसम्म 

बिक्री प्रबन्धक  ः ग्लोबल आईएमई क्इापिटल लिमिटेड 

नेशनल माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था लिमिटेड 

संस्थापक सेयर : ८०, ००० कित्ता 
बोलपत्र पेस गर्ने मिति : चैत ३१ देखि जेठ ३ गतेसम्म 
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड 

नेशनल लाइफ इन्स्योरेन्स (एनआइसी एशिया बैंकको स्वामित्व ) 

संस्थापक सेयर :४७,७०६ कित्ता 
बोलपत्र पेस गर्ने मिति : बैशाख ५ गतेदेखि १० गतेसम्म 

बिक्री प्रबन्धक :एनआईसी एशिया क्यापिटल लिमिटेड 

नागरिक लगानी कोष (एनआईसी एशिया बैंकको स्वामित्वम) 

संस्थापक सेयर : ५०, ००० कित्ता 
बोलपत्र पेस गर्ने मिति : बैंशाख ५गतेदखि १० गतेसम्म 
बिक्री प्रबन्धक :एनआईसी एशिया क्यापिटल लिमिटेड 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको