Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

विहीबार, ०९ बैशाख २०७८, १५ : २० मा प्रकाशित

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ विन्दुमा पुग्दा सेयर बजार हरियाली बनेको हो ।

दोहोरो अंकले बढेको बजारमा आज हिमालय उर्जा विकास कम्पनी लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १३ रुपैयाँले घटेर ३ सय ६५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: पञ्चकन्या माई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलोपर, रिडि हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, गोर्खाज फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मना सेवा विकास बैंक रहेका छन् । 

608144467e6f2.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको