Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहीबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

विहीबार, ०९ बैशाख २०७८, १५ : ५२ मा प्रकाशित

यी हुन् बिहीबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ विन्दुमा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

बढेको बजारमा आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रहेको छ । आज बैंकको ६२ कारोड २७ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

त्यसपश्चात् सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, नबिल बैंक, अपर तामाकोशी हाइड्रोपावर, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक, ज्योती लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । 

60814b6835404.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको