Like us!
Follow us!
Connect us!
Watch us!

कोका–कोला नयाँको १७५ एमएल नयाँ ग्लास बोतल मात्र २५ मा

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १८ : ३५ मा प्रकाशित

कोका–कोला नयाँको १७५ एमएल नयाँ ग्लास बोतल मात्र २५ मा

कोका–कोलाले बिहीबार १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ जुन उपभोक्ताहरुलाई रमाइलोे पिउने अनुभव प्रदान गर्दै मात्र २५ रुपैँयाको किफायती मूल्यमा उपलब्ध रहेको छ ।

थप रुपमा,नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो किनकि यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँकोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँ छ ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी(रिटर्नेबल ग्लासबोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरुको चाहाना अनुरुप कोकाकोलाले नयाँ पेयपदार्थ बोतलर प्याकेजहरु उपलब्ध गराउदै आइरहेको छ ।

नयाँ बोतल गर्वका साथ नेपाली भाषामा छापिएको कोका–कोलाको लोगोसंग आएको छ जसले नेपालमा उपभोक्ताहरुसँग गहिरो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ र यो काठमाडौँ उपत्यका भरीका किरानापसलहरुमा उपलब्ध छ ।

आरजीबी बोतलहरु रियुजेबल बोतलहरु हुन् र यिनीहरुले वातावरण मैत्रीहुन । साथै गिलास प्याकेजिंगले गर्दाकोका–कोलाको स्वाद सधै ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला,स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध छन् ।

नयाँ बोतलको लन्चको व्रmममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भन्नु भयो, “ सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौँ । नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदानगर्ने ब्रान्डको उद्येश्य मात्रनभइकन दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनी को मिसन रहेको छ । हामी आशा गर्दछौँ कि उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन् ।”

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो , “किफायतीे मूल्य बाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदानगर्न प्रतिबद्ध छौै्र । र यो नेपाली उपभोक्ताहरुको लागि निकै विशेष रहेने छ किनकियसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ । २५ रुपैँयामा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौँ भरका किरानापसलहरुमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरुलाई यसलाई सेवन गर्नु होस् भन्न चाहन्छौँ ।

नयाँ उत्पादनको सुरुवात कोका–कोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा हो जुन “दिउँसै झपझप, कोकले अप” ट्यागलाइनको साथ आउँछ जसले युवा उपभोक्ताहरुलाई दिउँसो ब्रेकको दौरानमा कोक पीएर उर्जा प्रदानगर्न र अपलिफ्टेड हुन प्रेरित गर्दछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको