Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको वितरणयोग्य मुनाफा १०१८.२१ प्रतिशतले बढ्यो

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, ०५ : ४९ मा प्रकाशित

रिलायन्स फाइनान्सको वितरणयोग्य मुनाफा १०१८.२१ प्रतिशतले बढ्यो

रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज शुत्रबार प्रकाशित विवरण अनुसार खुद ब्याज आम्दानी घट्दापनी  फाइनान्सको खुद नाफामा भने बृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा फाइनान्सले १६ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ३३.०६ प्रतिशतले घटेर १० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी घटेपनी फाइनान्सको सञ्चालन मुनाफामा भने ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ९ करोड ३ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक तेस्रो त्रैमाससम्ममा यस्तो मुनाफा ३७.३१ प्रतिशतले बढेर १२ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफामा भने व्यापक बृद्धि भएको छ अघिल्लो आर्थिक बर्षको यहि अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ९६ लाख ५२ हजार रुपैयाँ मात्र रहेकोमा अहिले यो १०१८.२१ प्रतिशतले बृद्धि भएर १० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।  

फाइनान्सको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा फाइनान्सकोको प्रतिसेयर आम्दानी १० रुपैया १३ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर १३ रुपैयाँ ९१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) २१.०७ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३२ पैसा रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी चैत मसान्तसम्ममा ८३ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सको जगेडा कोष बढेर ४६ करोड ५ लाख रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको