कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा पुग्दा सेयर बजार राताम्मै बनेको हो ।
दोहोरो अंकले घटेको बजारमा आज चन्द्रगिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १ सय ८० रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: नारायणाी डेभलपमेण्ट बैंक, रिडि हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, युनियन हाइड्रोपावर, ओरियण्टल होटल्स लिमिटेड, सान्जेन जलविद्युत कम्पनी, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था र यूनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस