Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १३ : १७ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिसम्मको तुलनामा ७.६९ प्रतिशतले बढी हो।  गत वर्षको सोहि अवधिसम्म बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

गत वर्ष बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ४२ करोड रुपैयाँ भएको छ। गत वर्ष सोहि अवधिसम्म बैंकको यस्तो मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो। 

बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ  । खुद ब्याज आम्दानी घटेर ६ अर्ब ३४ करोड रुपैयाँमा सीमित बनेको छ।  गत वर्ष ६ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको जगेडा कोष १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । यस्तै  प्रतिसेयर आम्दानी (ईपीएस) ४७.४७ रुपैयाँ रहेको छ।

60866df266dae.JPG 60866df549408.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको