आज (सोमबार) सेयर बजार राताम्मै देखिएको छ । आज नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६१ विन्दुमा पुग्दा सेयर बजार राताम्मै बनेको हो ।
दोहोरो अंकले घटेको बजारमा आज रिलायन्स फाइनान्स लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य २० रुपैयाँले घटेर २ सय २८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सिन्धु विकास बैंक, यूनाइटेड इदी मर्दी एण्ड आर.वि हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सप्तकोशी डेभलपमेण्ट बैंक, मल्टीपर्पस फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस