Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन हो, लगानीकर्ता पेनिक हुनुपर्ने अवस्था छैंन : ढुंगाना-अध्यक्ष, सेबोन

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १६ : २५ मा प्रकाशित

सेयर बजारमा करेक्सन हो, लगानीकर्ता पेनिक हुनुपर्ने अवस्था छैंन : ढुंगाना-अध्यक्ष, सेबोन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले अहिलेको सेयर बजारमा करेक्सन भएको बताएका छन् ।

सेयर बजार घट्नु र बढ्ने एउटा प्रक्रिया भएको बताउँदै अध्यक्ष ढुंगानाले अहिले नै लगानीकर्ता पेनिक हुनु पर्ने अवस्था नरहेको अर्थ संसार डट कमले बताए ।बजारले पुन विस्तारै उकालो यात्रा तय गर्ने अध्यक्ष ढुंगानाले बताए ।  

काठमाडौ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको समाचार बाहिरिएसँगै सेयर बजारमा झनै नकारात्मक प्रभाव देखिएकाे छ । हिजाे पनि नेप्सेमा भारी अंककाे गिरावट देखिएकाे थियाे । आज (साेमबार) पनि सेयर बजार राताम्मै देखिएकाे छ । केही समय अगाडि लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आइरहेकाे सेयर बजार गत साताबाट भने घट्न सुरू भएकाे हाे । काेराेनाकाे त्रास झन्-झन् बढ्दै जाँदा त्यसकाे प्रभाव सेयर बजारमा पनि प्रभाव परेकाे हाे ।

साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.५८ अंकले घटेर २५०६.६१ मा पुगेकाे छ । नेप्से २.५५ प्रतिशतले घटेकाे हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको