Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको नाफामा चमत्कार ! ईपीएस ४२.०५ रुपैयाँ, अन्य सूचक कस्तो ?

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, १३ : ४६ मा प्रकाशित

गोर्खाज फाइनान्सको नाफामा चमत्कार ! ईपीएस ४२.०५ रुपैयाँ,  अन्य सूचक कस्तो ?

गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण हेर्दा कम्पनीकाे अधिकांश सूचकमा चमक छाएकाे छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २७ कराेड ३७ लाख ५२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम ३६६.६७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षको यसै अवधि सम्ममा फाइनान्सकाे खुद नाफा ७ कराेड ४६ लाख ५८ हजार रूपैयाँ रहेकाे थियाे ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २२ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २५ करोड ३१ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सकाे सञ्चालन नाफा पनि बढेर ३९ करोड १० लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १० करोड ६९ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म ३९ रूपैयाँ २५ पैसा रहेकाे कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४२ रूपैयाँ ५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ २७ पैसा रहेको छ । 

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

608919a19616f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको