आज (बुधबार) सेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ । पछिल्लाे समय मुलुकभर काेराेना भाइरसकाे संक्रमण बढ्दाे रहेकाे र भाेलिबाट उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएकाले त्यसकाे प्रभाव सेयर बजारमा पनि परेकाे हुनसक्ने अनुमान छ । अघिपछि औसतमा दैनिक ६ देखि ७ अर्ब रूपैयाँ बराबरकाे काराेबार भइरहेकाेमा बुधबार जम्मा ३ अर्बकाे मात्र काराेबार भएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५.२८ मा पुगेकाे छ । नेप्से ०.५३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.१६ अंकले घटेर २६५.११ मा पुगेको छ ।
कूल २१५ वटा कम्पनीकाे ८९ लाख ५३ हजार ४ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएकाे छ । 
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ।
त्यसैगरी, बुधबार काराेबार रकमकाे  आधारमा एनसीसी बैंकले अग्रता कायम गरेकाे छ । बैंककाे २८ कराेड २८ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।


 





                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस