बैंक तथा वित्तीय संस्थाले अहिले धमाधम तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेको छन् । कोभिड १९ को चपेटामा पनि बैंक तथा वित्तीय संस्थाले लोभलाग्दो वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकले सार्वजनिक गरेको वित्तीय विरण अनुसार नविल बैंक र ग्लोबल आईएमई बैंकबीच को प्रथम बन्नेमा ठक्कर देखिएको छ भने एनआईसी एशिया बैंक आक्रमक रुपमा अगाडि बढेको देखिन्छ । यो तीन बटै बैंकले बुधबार आफ्नो तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । 
नबिल बैंक 
नबिल बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार  बैंकको मुनाफा १६.५० प्रतिशतले बृद्धि भएको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 
ग्लोबल आईएमई बैंक 
तेस्रो त्रैमासिक रिपोर्ट अनुसार बैंकको मुनाफा ३२ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.४० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 
बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफा बृद्धि भएर २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया बैंक 
बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार बैंकको खुद मुनाफामा २०.०७ प्रतिशतले बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 
बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि १९९.५४ प्रतिशतले बृद्धि भएर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस