Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

नेप्से

बुधबार, १५ बैशाख २०७८, १५ : २९ मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

आज बुधबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३. अंकले घटेर २५८५.२८ को बिन्दुमा पुगेको हो । आइतबार र सोमबार भारी अंकले घटेको बजारमा मंगलबार नयाँ उत्साह देखिएको थियो  । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०७ को बिन्दुमा पुगेर बन्द भएको थियो । बुधबार बजारमा पुन करेक्सन देखिएको हो  ।

कूल २१५ वटा कम्पनीको ८९ लाख ३१ हजार ८६२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अरब ९७ करोड २४ लाख ९७ हजार ८४१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

घटेको बजारमा महिला लघुवित्त र विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । त्यसैगरी, क्रमसः सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलपर्स, नारायणी डेभलपमेन्ट बैंक, बोटर्स  नेपाल (तराई), हिमालय उर्जा विकास समिति, सनराइज बैंकको १०.२५ प्रतिशत डिबेन्चर २०८३, एनसीसी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।

60892fafc170c.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको