एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि बिक्रीमा ल्याएको 'एनआईबिएल समृद्धि फण्ड-२' नामक सामुहिक लगानी कोषमा आवेदन दिनु भयो ? नदिएको भए आजै आवेदन दिनुहोस् । किन कि आज (बिहीबार) आवेदन दिने अन्तिम दिन रहेको छ ।
दोस्रो दिन बुधबारसम्ममा नै माग गरिएकाे कुल इकाईको ८७ प्रतिशत भन्दा बढी इकाईका लागि आवेदन परिसकेको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
क्यापिटलले सोमबारदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे ।
लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म छिटोमा वैशाख १६ गतेसम्म र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, यस इकाईकाे बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस