Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार खुल्ला ! निषेधाज्ञा बजार प्रवेश र लगानीको राम्रो अवसर

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, ०९ : ३९ मा प्रकाशित

सेयर बजार खुल्ला ! निषेधाज्ञा बजार प्रवेश र लगानीको राम्रो अवसर

राजधानीका तीन जिल्लामा बिहीबार अर्थात आजदेखि निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञामा बाहिरी बजार बन्द भएपनि सेयर बजार भने खुल्ला हुने नेपाल धितोपत्र बार्डले जनाएको छ ।

'निषेधाज्ञामा सेयर बजार बन्द हुने छैन' नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अर्थ संसार डटकमलाई भने-'सेयर बजारमा प्रविधिमैत्री भएकाले सेयर कारोबार घरमै बसी-बसी मोबाइल वा कम्प्युटरबाट सजिलै गर्न सकिनेछ । भौतिकरुपले उपस्थिति हुनु नपर्ने भएकोले निषेधाज्ञाले सेयर बजारमा कुनै अवसर पर्दैन ।'

निषेधाज्ञा नयाँ तथा पुराना लगानीकर्तालाई राम्रो लगानीको माध्यम बन्नुको साथै अवसर पनि हुने अध्यक्ष ढुङ्गानाको तर्क छ ।  

 बिहीबारदेखि उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा  एक साता लामो निषेधाज्ञा लागू भएको छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो।

बढ्दै गएको कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी एकसाता लामो निषेधाज्ञा आदेश जारी गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको