Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने, बीमा समितिले निकाल्यो यस्तो सूचना

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, १२ : १६ मा प्रकाशित

नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने, बीमा समितिले निकाल्यो यस्तो सूचना

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेको छ । याे सँगै अब नेपालमा थप एउटा नयाँ पुनर्बीमा कम्पनी आउने निश्चित भएकाे छ । 

समितिले आज (बिहीबार) एक सूचना प्रकाशन गर्दै पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाेले निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाकाे कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता  संस्थाबाट विभिन्न सर्तहरूकाे अधिनमा रही प्रस्ताव आह्वान गरेको हो ।

नयाँ पुनर्बीमा कम्पनीकाे चुक्ता पुँजी कम्तीमा १० अर्ब रूपैयाँ हुनुपर्ने समितिले जनाएकाे छ । यस्तै, प्रस्तावकले  यसअघि  नै  नेपाल  पुनर्बीमा  कम्पनीमा  लगानी  गरेको  (क्रस  होल्डिङ  भएको)  भए  त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुनेछ ।

बीमा समितिकाे सूचनामा उल्लेख भएअनुसार प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी गरिएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरू समेत समावेश गरेको हुनुपर्नेछ ।

त्यसैगरी, प्रस्तावकले पेस गरेका प्रस्तावहरूमध्ये समितिबाट तयार हुने मूल्यांकनका आधारहरूमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्र छनोट गरिने सूचनामा उल्लेख छ ।

बीमा समितिले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608a55a251528.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको