Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा सुधार देखिएन

नेप्से

विहीबार, १६ बैशाख २०७८, १५ : १६ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा सुधार देखिएन

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अनको वृद्धि देखिएको हो  ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.८२ अंकले बढेर २६.८२ बिन्दुमा पुगेको छ  । नेप्से परिसूचक १ प्रतिशतले बढेको हो  । हिजो बुधबार सेयर बजारले ओरालो यात्रा तय गरेको थियो  । 

यस्तै, सेन्सेटिभ परिसूचक ३.९१ अंकले बढेर ४६९.०२ बिन्दुमा पुगेको छ  ।आज  कूल २१७ वटा कम्पनीको ९८ लाख १८ हजार ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ  । सेयर बजारमा वृद्धि देखिए पनि कारोबार रकममा  भने खासै सुधार देखिएको छैन । आजदेखि उपत्यकामा निषेधाज्ञा जारी भएको छ । जसको प्रभाव सेयर बजारमा पनि परेको होकी भन्ने अनुमान लगानीकर्ताको छ । निषेधाज्ञाका कारण लगानीकर्ताले मनोबल घटाएका हुन् कि भन्ने तर्क विश्लेश्कहरुको छ।

कूल १३ वटा उपसमूहमध्ये ११ वटा समुहको सेयर बढेको छ भने बाँकि २ वटा समुहको सेयर घटेको छ । आज नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले सर्वाधिक कारोबार गरेको छ ।  बैंकले ३० करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसैगरी, क्रमश शिवम् सिमेन्ट, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी अरुण भ्याली हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सानिमा बैंक, हिमालयन डिस्टिलरी र नबिल बैंकले पनि आज सर्वाधिक कारोबार गरेका छन् ।

आज महिला लघुवित्त र सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । आज यी दुवै कम्पनीको सेयरमूल्यमा सकारात्कम सर्किट लागेको छ ।  त्यसगरी, विशालबजार कम्पनी सान्जेन जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, एण्ड डेभलपमेन्ट, हिमालयन पावर पार्टनर, हिमालयन दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् ।

बजार बढ्दा पनि श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल लिमिटेड, आइसीएफसी फाइनान्स लिमिटेडको प्रोमोटर सेयर, हिमालयन बैंक लिमिटेडको १० प्रतिशत डिबेन्चर, समृद्धि फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सनराइज बैंकको १० प्रतिशत डिबेन्चर २०८०, ग्रीन डेभलपमेन्ट बैंक र चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको