Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता हिस्स

नेप्से

विहीबार, १६ बैशाख २०७८, १५ : ४५ मा प्रकाशित

सेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता हिस्स

आज (बिहीबार) सेयर बजारले उकालो यात्रा तय छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५.८२ अंकले बढेर २६११.१० मा पुगेकाे छ । नेप्से १ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.९१ अंकले बढेर ४६९.०२ मा पुगेको छ ।

बिहीबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा ब्यहाेरेका छन् । कम्पनीकाे सेयरमूल्य २.८२ प्रतिशतले घटेर २४१ रूपैयाँमा झरेकाे छ ।

त्यसपश्चात् घाटा ब्यहाेर्ने कम्पनीहरूमा क्रमश: नेपाल हाइड्राे डेभलपर्स, युनिलिभर नेपाल लिमिटेड, आईसिएफसी फाइनान्स संस्थापक सेयर, हिमालयन बैंक डिबेन्चर २०८३, समृद्धि फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सनराइज डिबेन्चर २०८०, ग्रीन डेभलपमेन्ट बैंक र चन्द्रागिरी हिल्स रहेका छन् ।608a7ed90295c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको