Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

बुधबार, ०५ जेठ २०७८, १६ : ३६ मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ मा पुगेकाे छ । नेप्से ०.४७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.०८ अंकले घटेर ४९६.१४ मा पुगेको छ । कूल २१४ वटा कम्पनीकाे २ कराेड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११ रुपैयाँको कारोबार भएकाे छ । याे काराेबार रकम हालसम्मकै उच्च हाे ।

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकममा भने उछाल

यस दिन ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे मूल्य ६.८८ प्रतिशतले घटेर ३ सय २५ रूपैयाँमा झरेकाे छ ।

बुधबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा युनाइटेड माेदी हाइड्राेपावर कम्पनी लिमिटेड रहेकाे छ । यसको मूल्य ५.९२ प्रतिशतले घटेर २ सय ८६ रूपैयाँमा झरेकाे छ । 

आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ५.७० प्रतिशतले घटेर ३ सय ९७ रूपैयाँमा झरेकाे छ ।

समता घरेलु लघुवित्त र रु रु जलविद्युतसहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

त्यसैगरी, क्रमश : युनिभर्सल पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ५.६० प्रतिशतले घटेर २ सय ५३ रूपैयाँमा झरेकाे छ । रैराङ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ५.३५ प्रतिशतले घटेर ४ सय ७ रूपैयाँमा झरेकाे छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.९१ प्रतिशतले घटेर २ सय ७१ रूपैयाँमा झरेकाे छ । शिव श्री हाइड्राेपावरकाे सेयरमूल्य ४.९० प्रतिशतले घटेर २ सय ७२ रूपैयाँमा झरेकाे छ । प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.८५ प्रतिशतले घटेर २ सय ५५ रूपैयाँमा झरेकाे छ । सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ४.८० प्रतिशतले घटेर २ सय ३८ रूपैयाँमा झरेकाे छ । कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.८० प्रतिशतले घटेर ३ सय ७७ रूपैयाँमा झरेकाे छ ।

60a4df4a0fce6.jpg

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको