Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से नयाँ उचाईमा पुग्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

आइतबार, ०९ जेठ २०७८, १६ : ४८ मा प्रकाशित

नेप्से नयाँ उचाईमा पुग्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आइतबार सेयर बजार हालसम्म कै उच्च विन्दुमा पुगेकाे छ । यस दिन सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेकाे छ । नेप्से १.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ । कूल २२० वटा कम्पनीकाे २ कराेड ४७ लाख ३९ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड १४ लाख ६७ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

आइतबार रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे मूल्य ३.७३ प्रतिशतले घटेर एक हजार ८३ रूपैयाँमा झरेकाे छ । नेप्सेमा काराेबार सुरूभएदेखि लगातार बढ्दै गइरहेकाे यस कम्पनीकाे सेयरमूल्य गत बिहीबारबाट घट्न सुरू गरेकाे हाे ।

इतिहास कोर्दै सेयर बजार, राजनीतिक प्रभाव शून्य

आइतबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाको मूल्य ३.६८ प्रतिशतले घटेर एक हजार ८ सय ७ रूपैयाँमा झरेकाे छ । 

आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य २.५० प्रतिशतले घटेर १६ हजार २ सय ५० रूपैयाँमा झरेकाे छ ।

फाइनान्स र विकास बैंकमा चमक कायमै, लगानीकर्ता मालामाल

त्यसपश्चात्, क्रमश : गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य २.३७ प्रतिशतले घटेर २ हजार एक सय ४ रूपैयाँमा झरेकाे छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य २.१७ प्रतिशतले घटेर एक हजार ७ सय ६० रूपैयाँमा झरेकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५ प्रतिशत डिबेन्चर २०८२ काे मूल्य १.९३ प्रतिशतले घटेर एक हजार एक सय १८ रूपैयाँमा झरेकाे छ ।

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

त्यसैगरी, सोल्टी होटलकाे सेयरमूल्य १.८३ प्रतिशतले घटेर २ सय १५ रूपैयाँमा झरेकाे छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १.६५ प्रतिशतले घटेर एक हजार ५ सय ५१ रूपैयाँमा झरेकाे छ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य १.६३ प्रतिशतले घटेर २० हजार एक सय ५० रूपैयाँमा झरेकाे छ । तारागाउँ रिजेन्सीकाे सेयरमूल्य १.५१ प्रतिशतले घटेर ३ सय २७ रूपैयाँमा झरेकाे छ ।

60aa398ecb9ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको