Like us!
Follow us!
Connect us!
Watch us!

विशाल बजारसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

सोमबार, ०३ जेठ २०७८, १६ : ०१ मा प्रकाशित

विशाल बजारसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

साेमबार पनि सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७५९.२१ विन्दुमा पुगेकाे छ ।

कोरोना कहरमा सेयर बजार गुल्जार, के बजारमा ठुला लगानीकर्ताको प्रवेश भएको हो ?

यस दिन १०.२५ प्रतिशत व्याजदर नेपाल बङ्गलादेश बैंक लिमिटेड डिबेञ्चर, २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । यस डिबेञ्चरको मूल्य १.९४ प्रतिशतले घटेर एक हजार ६० रूपैयाँमा झरेकाे छ ।

साेमबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा १०% एनआईसी एशिया बैंक डिबेञ्चर २०८५/८६ रहेकाे छ । यस डिबेञ्चरको मूल्य १.९१ प्रतिशतले घटेर एक हजार एक सय २७ रूपैयाँमा झरेकाे छ । 

आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य १.८४ प्रतिशतले घटेर ६ हजार ३ सय ६० रूपैयाँमा झरेकाे छ ।

रु रु जलविद्युत र समता घरेलु लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

त्यसैगरी, क्रमश : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १.७६ प्रतिशतले घटेर २ सय ७९ रूपैयाँमा झरेकाे छ । ज्याेति विकास बैंक लिमिटेडकाे सेयरमूल्य १.७४ प्रतिशतले घटेर २ सय ८२ रूपैयाँमा झरेकाे छ । १०.५० प्रतिशत एसबिएल डिबेञ्चर २०८२ काे मूल्य १.६८ प्रतिशतले घटेर एक हजार ५५ रूपैयाँमा झरेकाे छ । एनआइबिएल प्रगति फण्डकाे मूल्य १.४८ प्रतिशतले घटेर १२ रूपैयाँ ६३ पैसामा झरेकाे छ । आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १.४८ प्रतिशतले घटेर ३ सय ३३ रूपैयाँमा झरेकाे छ । गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १.४७ प्रतिशतले घटेर ८ सय २ रूपैयाँमा झरेकाे छ । हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य १.४७ प्रतिशतले घटेर ७ सय ३८ रूपैयाँमा झरेकाे छ ।

60a2396422484.jpg

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको