Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा पनि यी कम्पनीका लगानीकर्ता निराश

नेप्से

सोमबार, १० जेठ २०७८, १६ : ०२ मा प्रकाशित

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा पनि यी कम्पनीका लगानीकर्ता निराश

साेमबार पनि नेप्से सूचक सर्वाधिक उच्च विन्दुमा पुगेकाे छ । काराेबार रकमले पनि नयाँ रेकर्ड कायम गरेकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगी बन्द भएकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । साेमबार हालसम्मकै उच्च अर्थात् १३ अर्ब १७ कराेड ५३ लाख ५३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

अन्य क्षेत्र बन्द हुँदा सेयरमा ओइरिदै लगानी, दैनिक कारोबार रकम २० अर्ब पुग्नेसक्ने

साेमबार सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे पहिलाे सूचीमा एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंककाे सेयरमूल्य ४.४७ प्रतिशतले घटेर ६ सय ४१ रूपैयाँमा झरेकाे छ ।

आज सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे दाेश्राे सूचीमा गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । फाइनान्सकाे सेयरमूल्य ४.३७ प्रतिशतले घटेर ४ सय १६ रूपैयाँमा झरेकाे छ ।

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

यस दिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.१३ प्रतिशतले घटेर ३ सय २ रूपैयाँमा झरेकाे छ । मिथीला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य ३.९६ प्रतिशतले घटेर २ हजार ४ सय एक रूपैयाँमा झरेकाे छ ।

सिन्धु विकास बैंक लिमिटेडकाे सेयरमूल्य ३.९० प्रतिशतले घटेर २ सय ९६ रूपैयाँमा झरेकाे छ ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.६६ प्रतिशतले घटेर ३ सय १६ रूपैयाँमा झरेकाे छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.५९ प्रतिशतले घटेर ३ सय ४९ रूपैयाँमा झरेकाे छ । पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.४९ प्रतिशतले घटेर ३ सय ६०  रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.४२ प्रतिशतले घटेर ३ सय ११ रूपैयाँमा झरेकाे छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ३.४१ प्रतिशतले घटेर ४ सय ८२ रूपैयाँमा झरेकाे छ ।

60ab80c813756.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको