आज (आइतबार) पनि सेयर बजारमा चमक देखिएकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेकाे छ । नेप्से २.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७.८१ मा पुगेको छ ।
आइतबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड रहेकाे छ । बैंककाे ४२ कराेड २ लाख ४३ हजार ९ सय ३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् क्रमश: नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, शिवम् सिमेन्ट, अपर तामाकाेशी, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, सानिमा बैंक लिमिटेड र अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस