Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

आइतबार, ०९ जेठ २०७८, १६ : २१ मा प्रकाशित

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

पछिल्लाे समय नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल आउन थालेकाे छ । आज (जेठ ९ गते, आइतबार) पनि सेयर बजारले अर्को नयाँ उचाई बनाएकाे छ । यसअघि गत मंगलबार सेयर बजार २७९३ दशमलव ८९ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । 

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेकाे छ । नेप्से १.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ । कूल २२० वटा कम्पनीकाे २ कराेड ४७ लाख ३९ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड १४ लाख ६७ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

इतिहास कोर्दै सेयर बजार, राजनीतिक प्रभाव शून्य

आइतबार काराेबार रकमकाे आधारमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ४१ कराेड ८६ लाख ४४ हजार ७ सय ४३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । हाल कम्पनीकाे सेयरमूल्य एक हजार ६ सय ७८ रूपैयाँ रहेकाे छ ।

यस्तै, सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे दाेश्राे सूचीमा नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे ३७ कराेड १४ लाख ४ सय १२ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । हाल कम्पनीकाे सेयरमूल्य एक हजार २ सय ९५ रूपैयाँ रहेकाे छ ।

त्यस्तै, सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे तेश्राे सूचीमा ज्याेति विकास बैंक लिमिटेड रहेकाे छ । बैंककाे २३ कराेड ७७ लाख ४ हजार ७ सय ९४ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । हाल बैंककाे सेयरमूल्य ३ सय २६ रूपैयाँ रहेकाे छ ।

धेरै काराेबार हुने कम्पनीहरूकाे चाैथाे नम्बरमा मेघा बैंक लिमिटेड रहेकाे छ । बैंककाे २२ कराेड ४७ लाख ८२ हजार ८ सय ५ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । हाल बैंककाे सेयरमूल्य ३ सय ३६ रूपैयाँ रहेकाे छ । 

फाइनान्स र विकास बैंकमा चमक कायमै, लगानीकर्ता मालामाल

त्यसैगरी, गरिमा विकास बैंक लिमिटेड सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे पाँचाै नम्बरमा छ । बैंककाे २२ कराेड २४ लाख १८ हजार २ सय ४६ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । हाल बैंककाे सेयरमूल्य ४ सय ६ रूपैयाँ रहेकाे छ । 

यस दिन सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे छैठाैँ नम्बरमा अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे २० कराेड ७२ लाख ३१ हजार एक सय ८६ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । हाल कम्पनीकाे सेयरमूल्य ४ सय रूपैयाँ रहेकाे छ ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे २० कराेड ३४ लाख ४९ हजार ८ सय ४८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । हाल कम्पनीकाे सेयरमूल्य ४ सय १४ रूपैयाँ रहेकाे छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे १९ कराेड ४८ लाख ६४ हजार ९ सय ९ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । हाल बैंककाे सेयरमूल्य ५ सय ३८ रूपैयाँ रहेकाे छ ।

आइतबार मुक्तिनाथ विकास बैंक लिमिटेडकाे १९ कराेड ६ लाख ३९ हजार ५ सय १९ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । हाल बैंककाे सेयरमूल्य ४ सय ९६ रूपैयाँ रहेकाे छ । 

त्यस्तै, कामना सेवा विकास बैंक लिमिटेडकाे १८ कराेड ९९ लाख ७७ हजार ६ सय ६४ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । हाल बैंककाे सेयरमूल्य ४ सय १७ रूपैयाँ रहेकाे छ । 

60aa33ea2d47a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको