बिहीबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो ।
बिहीबार सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे पहिलाे सूचीमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे ४९ कराेड ४ लाख ७५ हजारकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेशनल हाइड्राेपावर, अरूण काबेली, हिमाल दाेलखा हाइड्राेपावर, नेपाल इन्भेष्टमेन्ट बैंक, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेचलपमेन्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, युनाइटेड माेदी हाइड्राेपावर, रसुवागढी हाइड्राेपावर, युनिभर्सल पावर कम्पनी रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस