Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १५ : ५४ मा प्रकाशित

आइतबार यी कम्पनीका लगानीकर्ता निराश

आज (आइतबार) पनि सेयर बजारमा उमंग देखिएकाे छ । आज सेयर बजार भारी अंकले बढेको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेकाे छ । नेप्से २.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७.८१ मा पुगेको छ ।

आज कूल २२६ कम्पनीको एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बढ्दा पनि एभरेष्ट बैंकको अग्राधिकार सेयर, सनराइज म्युचुअल फण्ड, एनआईबिएल समृद्धि फण्ड-१, ग्लोबल आईएमई बैंक लिमिटेडको प्रोमोटर सेयर, नेपाल हाइड्रो डेभलपर्स, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युत कम्पनी, गुडवील फाइनान्स कर्णाली डेभलपमेन्ट बैंक र ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

608e7b43d076c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको