Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको नाफामा छलाङ, प्रतिसेयर आम्दानी १०० रुपैयाँ भन्दा बढि

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, ०७ : ३८ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको नाफामा छलाङ, प्रतिसेयर आम्दानी १०० रुपैयाँ भन्दा बढि

नेशनल माइक्रोफाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ९१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ११८.९० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो नाफा ११ करोड ३८ लाख २५ हजार रुपैयाँमा सिमित थियो ।

त्यस्तै सो अवधिसम्म ब्याज आम्दानी पनि १०५.९८ प्रतिशतले बढेर ४५ करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले २२ करोड १२ लाख ६८ हजार रुपैयाँ ब्याज आम्दानी आर्जन गरेको थियो। 

संस्थाको ब्याज आम्दानीसंगै सञ्चालन मुनाफा पनि गत बर्षको यसै अवधिको तुलनामा ११८.९० प्रतिशतले बढेर ३९ करोड ५४ लाख पुगेको छ । 

हाल चुक्तापूँजी ३१ करोड ९४ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोष ३८ करोड ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ९८ पैसा पुगेको छ संस्थाको प्रतिसेयर आम्दानी गतबर्षको यसै अवधिमा ५७ रुपैयाँ ४८ पैसामा सिमित थियो । संस्थाको प्रतिशेयर नेटवर्थ २२० रुपैया १२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको