Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी कम्पनीमा लगानीकर्ता आकर्षित

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १५ : १० मा प्रकाशित

सोमबार यी कम्पनीमा लगानीकर्ता आकर्षित

आज (सोमबार) सेयर बजारमा करेक्सन देखिएको छ । सोमबार बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.४६ प्रतिशतले घटेको हो 

यस्तै सेन्सेटिभ परिसूचक २.६९ अंकले घटेर ४७५.१२ बिन्दुमा पुगेको छ । आज कूल २१६ वटा कम्पनीको एक करोड ५९ लाख ८ हजार ४९९ कित् सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कूल १३ वटा उपसमूह मध्ये ११ वटा उपसमुहको सेयर घटेको छ भने बाँकी २ वटा उपसमूहको मात्र सेयर बढेको छ ।

आज कारोबार रकमको आधारमा अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ३९ करोड ३५ लाख ५९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनी, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्री इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, नबिल बैंक, हिमालयन डिस्टिलरी र नेपाल टेलिकमले सर्वाधिक कारोबार गरेको छ ।

608fc71b06228.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको