Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबी हाइड्रोपावरको आईपीओमा आवेदकको लर्को

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १७ : १५ मा प्रकाशित

सिईडिबी हाइड्रोपावरको आईपीओमा आवेदकको लर्को

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । 

साेमबार साँझ ४ः४५ बजेसम्ममा १४ लाख ९४ हजार ७ सय ७० जना आवेदकले २ करोड २९ लाख ९४ हजार ६ सय कित्ताका लागि आवेदन दिएका सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ९.८२ गुणा बढी आवेदन हो ।

कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको हाे ।जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको