Like us!
Follow us!
Connect us!
Watch us!

राप्ति हाइड्रोले आईपीओ निष्काशन गर्ने

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, ०८ : ०२ मा प्रकाशित

राप्ति हाइड्रोले आईपीओ निष्काशन गर्ने

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा जेठ ११ गते मंगलबार कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौं जुममार्फत बिहान ९ बजे सुरु हुनेछ  ।  

भामा सर्वसाधरणको लागि सेयर निष्काशन (आईपीओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गरिनेछ  । 

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले साधरण सभा प्रयोजनको लागि वैशाख २८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले वैशाख २७ गतेसम्म नेप्सेमा कायम  भइ कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्  । 

6090af93efa76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको