Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार झिनो अंकले बढ्यो, यी कम्पनीमा लगानीकर्ता आकर्षित

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, १५ : १६ मा प्रकाशित

सेयर बजार झिनो अंकले बढ्यो, यी कम्पनीमा लगानीकर्ता आकर्षित

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३२ अंकले बढेर ४७५.४४ मा पुगेको छ ।

कूल २१३ वटा कम्पनीकाे एक कराेड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

लगानीकर्ताको रोजाइका कम्पनीहरु 

मंगलबार ९ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपाेर्ट लघुवित्त, राधी विद्युत, रूरू जलविद्युत,  सिंगटी हाइड्राेपावर लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर लिमिटेड र पञ्चकन्या माइ हाइड्राेपावरकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको