सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनकाे वर्षात् लागेकाे छ ।
अन्तिम दिनसम्ममा १७ लाख ३६ हजार ७ सय जना आवेदकले २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारका लागि छुट्याइएकाे २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ११.२५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथी भने हुनेछ ।
कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस