Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको कारोबार सर्किट लेभलमा

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १३ : ५९ मा प्रकाशित

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको कारोबार सर्किट लेभलमा

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी,  अन्य ८ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

बुधबार विशालबजार कम्पनी महिला लघुवित्त, सिंगटी हाइड्रो, छ्याङदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, लिवर्टी इनर्जी कम्पनी, राधी विद्युत, युनियन हाइड्रोपावर लगायत कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४.२८ अंकले बढेको छ भने सेन्सेटिभ परिसूचक ०.२३ अंकले घटेको छ ।

6092574327a52.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको