Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता माइक्रोफाइनान्स बेच्दै, हाइड्रो किन्दै

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १५ : ०२ मा प्रकाशित

लगानीकर्ता माइक्रोफाइनान्स बेच्दै, हाइड्रो किन्दै

आज (बुधबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे छ । नेप्से ०.१९ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ४७३.८१ मा पुगेको छ । मंगलबार झिनो अंकले बढेको बजार बुधबार ओरालो लागेको हो ।

कूल २१८ वटा कम्पनीकाे एक कराेड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेकाे छ । लगानीकर्ताहरु हाइड्रोपावरतिर आकर्षित भएका छन् ।

त्यसैगरी, बुधबार १६ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये २ वटा कम्पनीकाे सेयर सर्किट लागेकाे छ ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सर्किट लागेकाे हाे । अन्य कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

९ प्रतिशत भन्दा बढी सेयरमूल्य बढ्ने कम्पनीहरुमा क्रमशः  विशाल बजार कम्पनी, महिला लघुवित्त, सिंगटी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर कम्पनी, जाेशी हाइड्रोपावर, बरूण हाइड्रोपावर,राधी जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, ङादी ग्रुप पावर र लिवर्टी इनर्जी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको