Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको नाफा १५४१०.७८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १० : ५६ मा प्रकाशित

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५४१०.७८ प्रतिशतले धेरै हो । को सोहि अवधिसम्म संस्थाले ७ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । 

कम्पनीको खुद ब्याज आम्दानी ३६ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको १९ करोड ९७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।  

संस्थाको सञ्चालन नाफा ७३६४.२१ प्रतिशतले बढेर १७ करोड ७८ लाख पुगेको छ । गत वर्ष संस्थाको यस्तो २४ लाख ४८ हजार रहेको थियो । 
 
हाल यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड ६८ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ४७ पैसा रहेको छ। 

60937d8e57366.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको