Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै अधिकांश सूचकमा चमक, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, ०८ : ५४ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै अधिकांश सूचकमा चमक, प्रतिसेयर आम्दानी कति ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कम्पनीले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफा ४०.४९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीले ४८ करोड ४५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ६०.२० प्रतिशतले धेरै हो । कम्पनीले गर वर्ष ३० करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो   ।

यस अवधिसम्ममा कम्पनीले १६ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ ३० पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४९.८९ गुणा रहेको छ ।

6094b05a4528c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको